स्तरउन्नति गर्दै रामकोट होमस्टे
940 Views
पोखरा, खोज मिडिया २४ असोज । स्याङ्जा जिल्लाको फेदिखोला गाउपालिका वडा नंम्बर १ मा रहेको रामकोट सामुदायिक होमस्टे अन्तरगत रहेको साहिला-साहिली होमस्टेले कोभिड बाट थला परेको पर्यटन ब्यावासायलाई पर्बर्दन गर्न का लागि लकडाउन पछाडी को समयमा आफ्नो होमस्टे मा स्तर उन्नती गरेको छ।
उक्त साहिला साहिली होमस्टेमा गरिएको स्थर उन्नति लाई एक समारोह बिच “बृहत फेदिखोला पोखरा सम्पर्क समाज “पोखराका अध्यक्ष श्री कृष्ण क्षेत्री ज्युले ६ बर्षिया बालिका श्रादा आचर्य लाई पिङ्ग खेलाएर होमस्टेको स्तरउन्नतिको उद्घाटन गर्नु भएको छ।
रामकोटबाट देखिने मनोरम हिउँशिन्खला ,पोखरा बजार स्याङ्जा र पर्बत का लाहाडका चोटि हरुको मनोरम दृश्य अनि साहिला-साहिली को अतिनै पारिवारिक र मिलन्सार बाताबरण ,स्वादिलो खाना र सफा सुन्दर गाउले घर ले पर्यटनलाई पक्कै पर्बर्दन गर्ने छ र आन्तरिक तथा बाहिय पर्यटक को मन जित्ने कुरामा आफू बिस्वस्त रहेको कुरा अध्यक्ष क्षेत्रीले बताउनु भयो।
यहाँ को पारिवारिक बाताबरण अनेत्र को भन्दा निकै फरक रहेको र आफू सहर नजिकै आफ्नै घरमा रहेको महसुस हुने गरेको कुरा बिशेष अतिथि हाइकिङ्गकलब पोखराका सह संयोजक कृष्ण रानाभाट ले बताउनु भयो रानाभाट बृहत फेदिखोला पोखरा सम्पर्क समाजका मिडिया संयोजक र पत्रकार पनि हुनु हुन्छ।
कार्यक्रम मा अतिथिका रुपमा वयब पेज नेपाल का अध्यक्ष प्राबिधिक एबं युवा ब्यावासायी पृतम सेन ठकुरी , पर्यटन , ब्याबासायी, सेन ठकुरी , टीका आचर्य, राजकुमार क्षेत्री लगाएत २५ जना भन्दा धेरै ब्यापार ब्यावासायी , पत्रकार , हाइकर्स र ठुलो संख्यामा त्यहा आएका आन्तरिक पाहुना हरुको पनि उपस्थिति थियो।
कार्यक्रममा होमस्टेका अध्यक्ष एबम युवा ब्याबासायी श्री अबिलास गुरुङको अध्यक्षता मा सम्पन्न भएको थियो ।





प्रतिक्रिया दिनुहोस