“तामाङ्ग महिला सशक्तीकरण हाम्रो अभियान” तिन दिने नेतृत्व विकास तालिम सु-सम्पन्न
352 Views
कास्की, खोज मिडिया २३ असोज । तामाङ्ग सशक्तिकरण हाम्रो अभियान भन्ने मूल नाराका साथ म्हेनिङ्ग्को अवसरमा आयोजना गरिएको तिन दिने तालिम आज सम्पन्न भएको छ ।
“महिला सशक्तिकरण हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल तामाङ्ग महिला घेदुङ्ग ईकाई समितिका अध्यक्क्ष पबित्र तामाङ्ग को सभाअध्य्क्क्षतामा उक्त कार्यक्रम सुरुवात गरिएको थियो ।
उक्त तालिम पहिलो सत्र २०७८ साल ६ महिना २१ गतेबाट सुरु गरिएको हो । सोहि कार्यक्रमको उद्घाटन नेपाल तामाङ्ग घेदुङ्ग गण्डकी प्रदेशका सदस्य कमला तिवारी तामाङ्गद्वारा दिप प्रज्वल गरि उद्घाटन समारोह सुरुवात गरिएको हो ।
कार्यक्रम सुरुवात गरे लगतै विभिन्न संगसस्थामा आबद्द मनानिय व्यक्तित्वहरुद्वारा स्वागत मन्तव्य राख्नु भएको थियो । सोहि कार्यक्रमको प्रशिक्षक “पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी हुनुहुन्थ्यो ।”
उक्त कार्यक्रममा २५ / ३० जना संख्यामा महिलाहरु उपस्थित थिए । प्रशिक्षकद्वारा उपस्थित प्रशिक्षार्थिहरुलाई उद्घोषकको कार्यक्रम कसरि सुरुवात गर्ने भन्ने विषयलाई केन्द्रित गरि बेसिक कोर्ष देखि सुरुवात गर्नुभएको थियो । यसमा सर्वप्रथम माईक कसरि समाउने ? स्ट्रेजमा कसरि उपस्थित हुने ? सम्बोधन कसरि गर्ने ? बोल्दा कसरि बोल्ने ? स्ट्रेजमा बस्दा कसरि बस्ने ? उद्घोषक को कार्य तालिका कसरि बनाउने ? भन्ने विषयमा सहज तरिकाले व्यवहारिक रुपमा प्रस्तुत गराई तालिम दिनुभएको थियो ।
उक्त तालिममा उपस्थित सम्पूर्ण प्रशिक्षार्थिहरुले सरल तरिकाले तालिम लिन पाएको खुसि व्यक्त गरेका छन । उक्त कार्यक्रममा सहभागीहरुले तालिमको अन्तिम दिनमा आफ्नो अनुभवहरु व्यक्त गर्दै प्रशिक्षक्लाई धन्न्य्वाद ज्ञापन गरेका हुन् ।
यस कार्यक्रमको अन्तिम दिन प्रमार्ण पत्र हस्तान्तरण , विभिन्न संघसंस्थामा आवद्ध मानानिय व्यक्तित्वहरुद्वारा समापन समारोह अन्त्य गर्दै बधाईका साथ कार्यक्रमको समापन गरिएको हो ।
उक्त कार्यक्रम निमा तामाङ्गले संचालन गरिनुभएको हो ।
अन्त्यमा नेपाल तामाङ्ग महिला घेदुङ्ग पोखरा महानगर समितिका अध्यक्क्षा पबित्र तामाङ्गले उक्त कार्यक्रम समापन भएको घोषर्ण गरि बधाईका साथ उक्त कार्यक्रम समापन गर्नुभयो ।












प्रतिक्रिया दिनुहोस