स्थानिय तहमा भ्रस्टाचारले सीमा नाघियो,, ने का सभापति यादव
874 Views
शम्भु चौधरी सिरहा, २३ असोज । नेपाली काग्रेसका सिरहा जिल्ला सभापती तथा संविधान सभासदस्य रामचन्द्र यादवले स्थानीय तहमा भ्रस्टाचारले सीमा नाघेको बताएका छन । यस्ता अनियमिता विरुद्ध पत्रकारहरुले खुलेर कलम चलाउने बेला भएको बताए । आफ्नै निवास धनगढीमाई नपा १० जिरोमाईलमा आयोजित दशैं शुभकामना आदान–प्रदान कार्यक्रममा नेता यादवले यस्तो बताएका छन ।
जनताले विकास चाहेको छ जुनसुकै दलले जितेको भएपनि स्थानीय तहले गरेको अनियमिततालाई सञ्चार माध्यममार्फत उजागर गरे भोलिका दिनमा न्यूनिकरण हुने विश्वास व्यक्त गरे । उनलेभने, ‘मेरै पार्टी वा म नै किन नहोस्, भ्रष्टचारको विरुद्धमा तपाईहरु कलम चलाउनुहोस्, म तपाईहरुको साथमा रहन्छु ।’

आफु संविधान सभा सदस्य भएको बेला १६ गा वि स मा गरेको विकासको बारेमा समेत चर्चा गरिएको थियो । सभा सदस्य रहेको बेला थोरै बजेटबाट धेरै विकास र अहिले स्थानिय तहमा धेरै बजेटबाट थोरै विकास भई रहेको आरोप समेत लगाए । अहिलेको विकास जनता चाहनाको ठिक उल्टो भई रहेको जिकिर गरेका छन ।
सोही क्रममा आसन्न १४ महाअधिवेन अन्तर्गत जिल्लाका सवै कार्यक्रमहरु दशैं लगतैबाट सुरु हुने सभापती यादवले बताए । उनले एक दुई दिन भित्रै वडा, स्थानीय तह र जिल्लाको निर्वाचन प्रकृया सुरु हुने बताए । उनले जिल्ला भरीमा ११ हजार क्रियाशिल सदस्य रहेको जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस