विवाहमा जाँदा हात भाँचिएपछि आयोजकविरुद्ध डेढ लाख युरो क्षतिपूर्ति माग्दै अदालतमा उजुरी
354 Views
लन्डन, खोज मिडिया २२ असोज ।बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह गरिएको चिप्लो भुईंमा लड्दा दोनोभान काराको कुहिनो भाँच्चिएको थियो ।
भुईंमा अस्वभाविक चिप्लो पारेकोले आफू लडेको भन्दै उनले विवाह आयोजक कन्ट्री हाउस विडिङ लिमिटेडविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले १ लाख ५० हजार युरो क्षतिपूर्तिको माग गरेकी छिन् ।
४० एकड भूमिमा फैलिएको भवन बेलायतको लोकप्रिय विवाह स्थलमध्येको एक मानिन्छ ।
सन् २०१८ को भुईँमा चिप्लिएकी उनी तीन वर्षपछि उजुरी दिएकी हुन् । नाच्ने तलामा अस्वभाविक रूपमा अत्यधिक धेरै चिप्लो दलिएकोले आफू लडेको उनले निबेदनमा बताएकी छिन् ।
बेलायतमा ‘विशेष आवश्यक’ विषयकी शिक्षिका काराको कुहिनो नराम्रोसँग भाँच्चिएको थियो । उनी अहिलेसम्म पनि निको भएकी छैनन् । उनको तीन ओटा शल्यक्रिया भइसकेको छ । अझै पनि उनी विद्यालय जान सक्दिनन् ।





प्रतिक्रिया दिनुहोस