४६ महिला स्वास्थ्य स्वयंसेविकालाई सामग्री सहयोग
791 Views
सिमकोट,खोज मिडिया २२ असोज । हुम्लाको सिमकोट गाउँपालिका भित्र रहेका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आधार विकास हुम्लाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
लामो समयदेखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नामक संस्थाले शुक्रबार एक कार्यक्रमका बिच सिमकोट गाउँपालिकाका आठ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
संस्थाले पछिल्लो समय स्थानीय स्तरमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै एक दिने गोष्ठीसहित उनीहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको आधार विकास नेपाल हुम्लाका स्वास्थ्य संयोजक क्याम्वा लामाले बताए ।
समीक्षा गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कोभिडसँग बच्ने उपाय तथा स्थानीय स्तरमा काम गर्दा स्वयंसेविकाले गर्नु पर्ने कार्य सम्पादनका बारेमा प्रशिक्षणसमेत गरिएको थियो ।
कार्यक्रममा सहभागी भएका महिला स्वास्थ्य स्वयंसेविकालाई कोभिड सम्बन्धीका स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको लामाले जानकारी दिए ।
सामग्री मध्ये प्रतिव्यक्ति झोला एक पिस, स्यानिटाइजर एक बोतल, गाउन एक पिस, पानी बोतल एक पिस, एन-९५ मास्क पाँच पिस, टु ग्वोलब्स एक बक्स, अक्सिमिटर एक पिस, थर्ममिटर एक पिस, क्याप १५ पिस, सर्जिकल मास्क ५० पिस, टर्च एक सेट, साबुन दुई पिस, एक हजार एमएलको स्यानिटाइजर एक बोतल, बुट एक सेट र निर्देशिका एक पिस समेत वितरण गरेको हो ।
स्वास्थ्य स्वयं सेविका चाँदनी सुनारका अनुसार, आफूलाई गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको सहयोग नरहेको गुनासो पोखेकी छन्।





प्रतिक्रिया दिनुहोस