‘बुलाकी’ फिल्ममा नरेन र सुरक्षा अनुबन्धित
398 Views
काठमाडौं खोज मिडिया २२ असोज – ‘बुलाकी’ नामक फिल्म निर्माण हुने भएको छ । लक्ष्मण सुनारको निर्देशनमा बन्ने फिल्ममा अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । मोती विष्ट र गोपाल विष्ट निर्माता रहेको फिल्मको दशैँ लगत्तै छायांकन थालिने जानकारी निर्माण पक्षले दिएको छ ।
डोल्पाका विभिन्न स्थानमा खिचिने फिल्ममा नरेन, सुरक्षाका साथमा बिराज विष्ट, प्रेमदेव गिरी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा, सरस्वती खत्री, प्रकाश कडेल, सन्ध्या पौडेललगायतका कलाकारले अभिनय गर्दैछन् । अर्काकी श्रीमती बिहे गरेपछि पहिलो पतिलाई दोस्रो पतिले तिर्नु पर्ने क्षतिपूर्ति अर्थात् जारी प्रथाको विषयमा स्थानीय बोलीचालीको भाषामा निर्माण गर्न लागिएको फिल्मको केही दृश्य मेक्सिकोमा समेत छायांकन गरिने बताइएको छ ।
राजबहादुर सानेको कथा, राजबहादुर,निर्मल पौडेल र निर्देशक सुनारकै पटकथा रहेको फिल्मलाई शिव ढकालले खिच्ने छन् । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा कला र मनोरञ्जनको संयोजन रहने दाबी निर्देशक सुनारको छ ।





प्रतिक्रिया दिनुहोस