स्वास्थ्य कार्यक्रम प्रगति मूल्यांकनमा हलेसी तुवाचुङ प्रथम
351 Views
खोटाङ,खोज मिडिया २२ असोज । खोटाङमा स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति मूल्यांकनमा हलेसी तुवाचुङ नगरपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०७७/७८ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति मूल्यांकनमा जिल्लाका १० पालिकामध्ये हलेसी तुवाचुङ प्रथम भएको हो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोस्रो र ऐसेलुखर्क गाउँपालिकाले तेस्रो भएको छ । खोप कार्यक्रमको प्रगति, परिवार नियोजनको साधनको प्रयोग दर, समयमा प्रगति प्रतिवेदन उपलब्ध गराएको लगायतका सय पूर्णाङ्कको सूचकका आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
उत्कृष्ट नगर/गाउँपालिकाकालाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले सम्मान–पत्रका साथमा करुवा प्रदान गरेका छन् ।
यस्तै, स्वास्थ्य कार्यालयले कम्प्युटर सहायक भीष्म पाण्डेलाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको छ । कार्यालयको उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा पाण्डेलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस