खत्याडमा पहिरोले ३० लाख बराबरको क्षति
817 Views
मुगु,खोज मिडिया २१ असोज । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका- ३ माथिखर्कमा पहिरो गएको छ । प हि रो बिहीबार बिहान ४ बजे गएको हो ।
प हि रोले साविक गम्था घर भएका रत्नचन्द्र उपाध्यायको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । लगातारको वर्षाका कारण बिहीबार प हिरो गएको हो । उपाध्यायको घर बगाएसँगै अन्य क्ष*तिसमेत भएको जनाइएको छ ।
प हि रोले उपाध्याको घर जगभन्दा करिब २० मिटर तल पुर्याएको छ । मानवीय क्ष*ति भने नभएको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।
प हिरोपी डित उपाध्यायका अनुसार बिहान ४ बजेतिर सुतिरहेको अवस्थामा एक्कासि माथिबाट ढुंगा आएर घर पछाडिको मुख्य भित्तामा लागेको थियो । गोठमा गाईबस्तु प हि रोले पुरिएका छन् ।
प हि रो गएको थाहा पाएपछि हतारहतार घरबाट परिवार बाहिर आएर पश्चिमतिर गएर बाच्न सफल भएको उनको भनाइ छ । घरमा एक सानो बालक, तीन महिला र दुई पुरुष गरेर छ जना सदस्य रहेका र सबै सकुसल रहेको उनले बताए ।
एक गोरु, घरमा राखेको अन्नबाली, केही दिनअघि बैंकबाट ल्याएर बाकसमा राखेको नगद छ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता, १५ कट्टा धानलगायत पहि रोले बगाएको उनको भनाइ छ । सबै गरेर ३० लाख रुपैयाँको क्षति भएको उपाध्यायले बताए ।





प्रतिक्रिया दिनुहोस