प्रहरी दिवसमा कटारी नगरपालिका सम्मानित
901 Views
उदयपुर,खोज मिडिया २१ असोज । उदयपुरको कटारी नगरपालिका ६६औँ प्रहरी दिवसको अवसरमा सम्मानित भएको छ । ट्राफिक प्रहरी पोस्ट कटारी, उदयपुरको भवन निर्माण गर्न जग्गा प्रदान गरेकाले नगरपालिकालाई पुरस्कृत गरिएको हो ।
कटारीका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रम कदरपत्र प्रदान गरिएको छ । मुख्यमन्त्री भीम आचार्यले एक समारोहका बीच नगर प्रमुख श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको कदरपत्र प्रदान गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस