बाघको आ*क्रमणबाट एक युवकको मृ*त्यु
423 Views
चितवन, १९ असोज, खोज मिडिया । चितवनमा बाघको आ*क्रमणबाट एक युवकको मृ*त्यु भएको छ । खैरहनी नगरपालिका–१३ कुमरोज सामुदायिक वनभित्र घाँस दाउरा गर्ने क्रममा स्थानीय २५ वर्षीय दिनेश बोटेलाई बाघले आ*क्रमण गरेको हो ।
मंगलबार दिउँसो बोटेलाई बाघले आ*क्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
बाघले आ*क्रमण गरेको स्थानबाट सय मिटर पर झाडीमा बोटेको शव फेला परेको उनले बताए । बाघले आ*क्रमण गरेको भन्ने खबर प्राप्त हुने बित्तिकै आठवटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाले बोटेको खोजी गरेको उनले बताए ।





प्रतिक्रिया दिनुहोस