देवर भाउजुबीच नराम्रो सम्बन्ध लाञ्छनाले आत्महत्याकाे मुखमा, परामर्शले बाँचेको जीवन
638 Views
बागलुङ, १९ असोज, खोज मिडिया । बागलुङ नगरपालिकाकी २८ वर्षीया लक्ष्मी (नाम परिवर्तन) का श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन् । लक्ष्मी छोराछोरीसहित घरगृहस्ती सम्हालेर बसिन् ।
२०७६ मा श्रीमान बहराइन गएपछि घरमा सुखदुःख गरेर बस्दै आएकी उनलाई कहिले देवरले घरको काममा सघाउँथे ।
तर, आफ्नो श्रीमानसँग सम्बन्ध बनाएको आरोप लक्ष्मीकी देउरानीले उनीमाथि लगाइन् । देवर भाउजुबीच नराम्रो सम्बन्ध भएको आरोपसहित उनले परिवारका सदस्यसम्म पुर्याइन् ।
विदेशमा रहेका लक्ष्मीका श्रीमानलाई समेत यो खबर बताइदिने भनेर धम्की आउन थाल्यो । जसकारण लक्ष्मीमा त्रासमा भयो, मानसिक रूपमा पनि कमजोर बन्दै गइन् । परदेशमा भएका श्रीमानसँग सम्बन्ध बिग्रने चिन्ताले उनलाई पिरोल्न थाल्यो ।
लक्ष्मीलाई दिनप्रतिदिन मानसिक तनाव बढ्दै गयो । एकातिर घर व्यवहार, बालबच्चाको स्याहारसुसार, रेखदेख, मेलापातको बोझ अर्काे तर्फ परिवारका सदस्य र देउरानीको गाली र लाञ्छना ।
परिवारकै सदस्य कुरा काट्ने नानाथरी आरोप लगाउने, श्रीमान घर नभएको हुँदा अश्लिल शब्द प्रयोग गरेर गाली गर्ने तथा कहिले काँही त भौतिक आक्रमणकोेसमेत धम्की र प्रयास हुन थालेपछि उनी मानसिक रूपमा बिछिप्त भइन् ।
मनमनै पिर चिन्ताले पिरोल्ने, घरको काम गर्न मन नलाग्ने, छोराछोरीको पनि मतलब नलाग्ने समस्या देखिन थाल्यो ।
परिवार र श्रीमानको व्यवहारबाट बिछिप्त लक्ष्मीमा खाना मन नलाग्ने, मन खिन्न भैरहने जस्ता समस्या देखियो ।
मानसिक तनाब बढ्दै गएपछि उनले धेरै पटक आत्महत्या र परिवारका सदस्यको हत्या गर्नेसम्मको योजना बनाइन् ।
देवरका परिवार सबैलाई मारेर मात्रा आफू पनि मर्ने योजना लक्ष्मीले बनाइन् । त्यसका लागि उनले मुसा मार्न प्रयोग गर्ने विषको व्यवस्थापनसमेत गरेकी थिइन् । संयोगवस उनीसँग मनोसामाजिक परामर्शको भेट भयो ।
भेटपछि सबै घटना क्रम रोकियो । देवरको परिवार र स्वयं लक्ष्मीकको जीवन रक्षा भएको छ ।
पटुकीमा डोरी लिएर मृत्युको बाटोमा हिँड्दै गरेको अवस्थामा उनलाई मनोसामाजिक परामर्शकर्ता मधु पौडेलले भेटेकी थिइन् । पहिलो भेटले तत्काल मृत्यको घटना रोक्यो । अवस्था अति नै जटिल भएको हुँदा उनलाई सामान्य जीवनमा फर्काउन एघारौँ पटकसम्म भेट गर्नुपरेको सुरक्षित आप्रवासन परियोजना (सामी) मा कार्यरत मनोसामाजिक परामर्शकर्ता पौडेलको भनाइ छ ।
विकमा डिप्रेशन, चिन्ताका लक्षण देखिएकाले धौलागिरि अस्पतालमा लगेर मनोचिकित्ससँग परामर्श गरेर उपचार गरिएको थियो । ‘मैले मृत्युबाहेक अन्य विकल्प देखेको थिएन,’ लक्ष्मीले भनिन्, ‘परामर्श पछि आफैलाई सम्हाल्ने विधि सिके, श्रीमान र छोराछोरीसँगको सम्बन्ध बलियो भएको छ ।’
मनोपरामर्श पछि पुनःजीवन प्राप्त गरेको विकको भनाइ छ ।
निःशुल्क कानुनी सहायता र औषधि उपचार गर्न ओसिएमसीसँग समन्वय गरेको सामी परियोजना बागलुङका संयोजक मीनप्रसाद उपाध्या जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस