सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ
812 Views
काठमाडौं, १९ असोज, खोज मिडिया । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङलाई ठगी र रकम हिनामिनाको आरोपमा पक्राउ गरेको हो ।
बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सीआईबीका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध किटानी जाहेरी परेको छ ।
तामाङमाथि चिठ्ठा, घरकर्जालगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप छ ।





प्रतिक्रिया दिनुहोस