गुल्मीमा यात्रु सहायता कक्ष स्थापना
457 Views
गुल्मी, खोज मिडिया १८ असोज । गुल्मीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व नजिकिएसँगै यात्रुको संख्या अधिक हुने र ठगी हुने सम्भावनालाई ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीको संयुक्त पहलमा सहायता कक्ष सञ्चालन गरिएको हो ।
तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुको सहजताका लागि तम्घास बजारका दुई बसपार्कमा र गुल्मी भित्रिने मुख्य प्रवेशद्वार रिडीमा सहायता कक्ष सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
सहायता कक्षमा यात्रुहरूको समस्याहरू समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यवस्था गरिने आचार्यले बताए ।
सहायता कक्षमा यात्रुले गाडी नपाउने, भाडा दोब्बर असुल्लने, क्षमताभन्दा बढी यात्रु चढाउनेजस्ता समस्या समाधानको काम हुनेछ ।
त्यस्तै, तम्घास बजारको चापलाई घटाउने प्रहरी प्रशासन र यातयात व्यावसायीबीच दैनिक बिहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।





प्रतिक्रिया दिनुहोस