अबैध रुपमा पटका, आतिषबाजि जन्य पर्दाथको भण्डारण गर्ने कार्यमा संलग्न ब्यक्ति प्रकाउ
994 Views
काठमाडौं , खाेज मिडिया १७ असाेज । बिभिन्न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाई छुपाई पटाका, भुईचम्पा लगायतका आतिषबाजि जन्य बिस्फोटक पदार्थहरु आगामी बिजयादशमी तथा दिपावलीलाई लक्षित गरी भण्डारण भई रहेको गोप्य सुचनाको
आधारमा यस महाशाखाबाट निग्रनीको लागी टोली परिचालन गरिएकोमा मिति २०७८।०६।१६ गते राति का.जि. कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ गोठाटार जलबिनायक चोक नजिक रहेको कामेश्वर प्रसाद यादवको कबाडी पसलको
गोदामबाट बिभिन्न प्रकारका अं मुल्य रु २५ लाख पर्ने आतिषबाजि जन्य पदार्थ सहित निम्न ब्यक्तिलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेच ७ को बिस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तर्गतको मुद्धामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति :-
नाम थर : कामेश्वर प्रसाद यादव
उमेर : ३० वर्ष
स्थायी वतन : जिल्ला सर्लाही रामनगर गा.पा वडा नं. १
हाल : काठमाण्डौं कागेश्वरी मनहरा न.पा वडा नं ८ गोठाटार जलबिनायक चोक 

बरामद सामानहरुः
• गमला पटका १ बोराको – २५ के.जी
• स्पेशल फ्लावरकोन पटका ११ वटा कार्टुनको – ४२० के.जी
• हाईड्रो फोईल्स पटका ३ वटा कार्टुनको – ५४ के.जी
• झ्यारझ्यारे पटका ९१ कार्टुनको -१०९२ के.जी
• रोल क्यापस पटका १ कार्टुनको -१५ के.जी
• ग्राउण्ड चक्र पटका ४ वटा कर्टुनको – १२० के.जी
• स्पाइनर पटका ४ कार्टुनको – ९६ के.जी
• हाईड्रो बम पटका ३ कार्टुनको -७५ के.जी
• बिभिन्न किसिमको पटका मिसिएको बोरा ६ वटाको -१२० के.जी
• नगद रु ९० हजार
• मोबाईल थान -१





प्रतिक्रिया दिनुहोस