वीरगन्ज नाका सर्वसाधारणका लागि पूर्णरुपमा खुल्ला
931 Views
विरगंज , खोज मिडिया १५ असोज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट नीजि सवारी सहित सर्वसाधारण नागरिकले वारपार गर्न थालेका छन् । को*रो*नाको कारण २०७६ चैत ११ गतेदेखि मुख्य नाकाबाट नीजि सवारी सहित सर्वसाधारण सीमा वारपार गर्न पाएका थिएनन् । शुक्रबारबाट भने औपचारिक रुपमा वीरगन्ज नाका सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयको सर्कुलर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज भन्सार कार्यालयमा आइपुगेपछि शुक्रबारबाट प्रमुख नाकाको कडाई कोरोना पूर्वकै अवस्थामा खुल्ला गरिएको छ ।
अब दुवै देशका सर्वसाधारण नागरिकले आफ्ना नीजि सवारी सहित सीमा नाका वारपार गर्न पाउने भएका छन् । नाका खुल्ला भएपछि स्वास्थ्य प्रोटोकलका केही मापदण्ड भने अपनाउन पर्ने छ । सो वाहेक आउजाउमा चाँही कोरोना पूर्वकै अवस्था सुरु भएको वीरगन्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले बताए । सुरक्षा र स्वास्थ्यकर्मीले भनेको वाहेक भन्सारको तर्फबाट अब कुनै रोकावट नभएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले पनि बताए । ‘हाम्रो तर्फबाट केही रोकावट छैन ।’ उनले भने ।
पहिलो र दोस्रो कोरोना लहरमा हटस्पट बनेको वीरगन्ज क्षेत्रमा पछिल्लो समयमा संक्रमण दर सामान्यमा झरेपछि सवारी साधन वाहेक दुवै तर्फका मानिस सीमानाकाबाट निस्फिक्री आउजाउ गरिरहेका थिए । तर उनीहरुका सवारी भने सीमा वारी र सीमा पारी नै राख्नु पर्ने वाध्यता थियो । (नाकाको अवरोध हटेको भनेपछि निस्फिक्री भन्ने चाही होइन ।) जिल्ला प्रसाशन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने ।
अधिकारीका अनुसार भारतीय पर्यटकका लागि ७२ घण्टा यताको पिसिआर नेगेटिभ रिपोर्ट/ खोप लगाएको आधार र शंका लागे तुरुन्त एन्टीजिन परिक्षण गर्नुपर्ने प्रावधान छँदैछ । तर, अब उनीहरुका सवारी विगतमा जस्तो अब सीमा पारी नै रोक्न पर्ने प्रावधान भने हटेको छ । तेस्रो मुलुकबाट आउने पर्यटकका लागि भने पूर्णखोप लगाएको र नेपालमा होटल बुक भएको पीसिआर परिक्षण रिपोर्ट पनि नेगेटिभ भएको हुनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस