शिक्षकको जिल्लान्तर सरुवा रोक्का सुचानासहित
2104 Views
रोमन लामा
रामेछाप १३ असोज खोज मिडिया। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवामा रोक्का गरेको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका खातिर जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले जनाएको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले आयोगमा विज्ञापनका लागि रिक्त्त पद सङ्ख्या पठाइ सकिएका] हुनाले शिक्षकको सरुवा रोक्का गर्नु परेको बताए ।
उनले दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्न सक्ने जानकारी दिए । यो भन्दा अगाडि केन्द्रले १७,०४७ पदमा पदपूर्ति गर्न आयोग समक्ष विवरण पठाएको थियो । प्राथमिक तहमा १२,९१२ पदमा , निम्न माध्यमिक तहमा २,५९३ पदमा र माध्यमिक तहमा १,५४२ पदमा आवेदन माग गरी पद पूर्तिका निम्ति आयोगलाई पत्राचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस