ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध जहाजले बिहानै भर्यो तीन उडान
796 Views
काठमाडौँ , खोज मिडिया १३ असोज । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्धको एयर एटीआरले मंगलबार बिहानै तीन उडान भरिसकेको छ। उक्त एटिआरले काठमााडौं–सिमराका लागि दुई र पोखराका लागि एक उडान भरेको बुद्ध एयरले बताएको छ। कुनै समस्या नदेखिएपछि जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान भर्ने अनुमति पाएको हो।
उडानका क्रममा ल्यान्डिङ गियरको प्राइमरी इन्डिकेटरमा समस्या देखिए पनि प्राविधिकहरुले जाँच गर्दा कुनै त्रुटि नभेटिएको एयले बताएको छ। नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिएका हुन् ।
“बुद्ध एयरको टेक्निकल टिमले जहाजको मिहिन परीक्षण तथा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा कल साइन ९ एन- एएनआई आजदेखि पुनः उडान सेवा थालेको छ।
उक्त जहाजलाई नागरिक उड्डयन प्राधिकरणको टोलीले पनि निरीक्षण गरेको थियो ।, कर्णले भने, “जहाजमा कुनै प्राविधिक गडबडी नदेखिएपछि ७२ सिटे उक्त जहाजले आज बिहानैदेखि उडान सेवा सुरू गरेको छ।” आज कम्पनीले उक्त जहाजबाट पोखरा, नेपालगन्ज जनकपुर लगायत सात उडान तालिका तय गरिएको छ ।





प्रतिक्रिया दिनुहोस