सामाजिक संजाल फेसबुकमा युके को नागरीक बनी अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ
558 Views
रजनि तामाङ, भाेजपुर,खाेज मिडिया १२ असाेज
घटना विवरण-
सामाजिक संजाल फेसबुकमा आफ्नै महिला साथिलाई K.D.Gorkhali नामको आईडी बाट Friend Request पठाई साथी बनी म UK को लाहुरे हुँ, हाल UK मा छु भनि निजले मलाई माया गर्छु, तिमिलाई UK मा लैजान्छु,
मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी हुदै गएकोमा मिति २०७८।५।१६ गते मेसेन्जरमा फोन तथा म्यासेज गरी निजले आफ्नो आमा कलेजोको रोगी भई बिरामी परेर ग्राण्डी
अस्पतालमा उपचारत रहनु भएकोले केहि रकम आवश्यक परेको छ मेरो दाई लिन आउनु हुन्छ भनी विश्वासमा पारी पटक पटक गरी म बाट जम्मा नगद रु १,६०,५००।–, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल आफै लिई ठगी गरेको भन्ने व्यहोराको जाहेरी दरखास्त यस महाशाखामा पर्न आएकोमा
उक्त जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा फेसबुकमा साथी बनी UK को लाहुरे हुँ, तिमीलाई मायाँ गर्छु भनि बिश्वास दिलाई ठगी गर्ने कार्यमा संलग्न जिल्ला भोजपुर साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० चुनिखेल बस्ने बर्ष ३१ को केदार राई लाई २०७८।०६।११ गते पक्राउ गरी ठगी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत बौद्धमा पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः-
नामथरः- केदार राई
उमेर :- ३१ बर्ष
ठेगाना :- जिल्ला भोजपुर साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया
हाल :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० चुनिखेल





प्रतिक्रिया दिनुहोस