सिरहामा ६५ बर्षिय बृद्धको शव बेवारिसे अवस्थामा
629 Views
शम्भु चौधरी सिरहा, ८ असोज । सिरहाको गोलबजारमा बेवारिसे अवस्था एक बृद्ध पुरुषको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ८ भाईजीटोलमा अन्दाजी ६५ वर्षिय पुरुषको शव फेला परेको प्रहरीले जनाए हो ।
केही दिन अघिमात्र गाउँघरमा मागेर खाने र जता तलै सुती हिड्ने ती पुरुष आज गाउँको बाटोमा मृत अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तेष राईका अनुसार, उनको शव पोस्टमार्टमको लागि लाहन स्थित रामकुमार उमाप्रसाद स्पमारक अस्पताल लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस