सिरहामा जग्गा बिवाद उग्ररूप लिएपछी कुटपिट
1062 Views
शम्भु चौधरी सिरहा ८ असोज । सिरहाको भगवानपुर गाउँपालीकामा जग्गा बिवाद उग्ररूप लिएपछी कुटपिट भएको स्थानीय जय प्रकाश यादवले पत्रकार समेलनमा सार्बजनिक गरेका छन।
विगत केही दिन देखि आफुनै दाजु भाईमा जग्गा भागबन्डाको विषयलाई लिएर पटक पटक बिवाद हुँदै आएका छन्। पत्रकार समेलन गराउने शिबशंकर यादवको छोरा जय प्रकाश् यादवका अनुसार मेरो आफनै काकाले राम्रो जग्गा हरेफेरको गरेको जय प्रकाश् यादवको आरोप रहेको छ। जहिले भागबण्डाको कुरा उठाउदाँ आफु लगायत मेरो घरको परिवारजन माथी कुटपिट गर्ने गरेको उनको आरोप रहेको छ।
आरोपित सुर्य प्रसाद यादवका अनुसार आफु लगायत मेरो दाजु लगायतलाई राजनीति चित्र हत्या गर्न जग्गा भागबण्डाको विषयलाई मुख्य हतियार बनाएर आफु लगायत हाम्रो सबै दाजु भाईको राजनीति धरापमा पार्ने वहाँको भनाई छ।
हामीसबै दाजु भाईले भागबन्डा गर्न पुर्ण तयार रहेको बताए, जय प्रकाश् यादवलाई जग्गा बाड फाट गर्न पटक पटक तागेदा गरे पनी उनले गाउमा पंचायत बस्न नमानेको नेता सुर्य प्रसाद यादवको आरोप रहेको छ।
जय प्रकाश् यादवका बुबाको नाउँमा रहेको थुप्रै समगोल जग्गा आफ्नो करकुटुम्बको नाउँमा नामसारी गरेको र मुल जग्गा बिक्री वितरण गरी बैईमानी नियतले उनले जग्गा बिक्री गरि सकेको स्थानीयको भनाई रहेको छन।
नेता यादवका अनुसार आफु माथी लगाएको आरोप तथ्यहीन र भर्म पुर्ण रहेको यादवको दाबी रहेको बताए ।





प्रतिक्रिया दिनुहोस