सुनापति गाउँपालिकामा शिक्षक महासंघले बाल विकास शिक्षिका र कर्मचारीको तलव बढ्नु पर्ने माग राख्दै बुझायो ज्ञापनपत्र
1317 Views
रोमन लामा
रामेछाप ०६ असोज खोज मिडिया। नेपालीहरूको महान पर्व विजय दशमि र दिपावली नजिकिदै गर्दा रामेछापको सुनापति गाउँपालिकामा सामुदायिक विद्यालयमा न्युनतम पारिश्रमिकमा कार्यरत बालकोटा शिक्षिका र विद्यालय कर्मचारीहरू थप तलव भत्ताको निम्ति आन्दोलित भएको छन्। आ.व. २०७८/०७९ को बजेट भाषणमा सामुदायिक विद्यालयमा न्युनतम पारिश्रमिकमा कार्यरत बालकोटा शिक्षिका र विद्यालय कर्मचारीहरूको पारिश्रमिक संघीय सरकार मार्फत ८००० र स्थानिय सरकार मार्फत ७००० गरी जम्मा १५००० दिने भनिए तापनि अहिले साविकको पारिश्रमिक मात्र दिने तर बढेको तलव नदिने भएसी आन्दोलित भएका छन्।

नेपाल शिक्षक महासंघ सुनापति गाउँपालिकाको समिति मार्फत आज गाउँपालिकाको प्रमुख धावा लामा समक्ष थपेको पुरै तलव अर्थात रु.१५००० नै पाउनु पर्ने भनि ज्ञापनपत्र बुझाएको छ। आज भएको कार्याक्रममा पालिका भरिको सबै सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण बालकोटा शिक्षिका र विद्यालय कर्मचारीहरूको बाक्लो उपस्थिति थियो।
तस्विर सहित








प्रतिक्रिया दिनुहोस