पछिल्लो साता घट्यो कोरोना संक्रमित , आईसियु बेड खालि
355 Views
काठमाडौँ, खोज मिडिया ५ असोज । पछिल्लो साता नेपालमा को रो ना सं क्र म ण दर घटेको जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातायता कुल परीक्षण गरिएकामध्ये जम्मा ९.७ प्रतिशत मानिसमा सं क्रम ण देखिएको छ । जुन यो वर्षकै सर्वाधिक कम सं क्र मण दर मानिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा कुल ९५ हजार ४२६ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २६१ जनामा संक्रमण पुष्टि भएको देखिन्छ। हिजो (सोमबार) पनि जम्मा १३ हजार ८ सय १७ जनाको परीक्षण गर्दा एक हजार ९५ जनामा संक्रमण पोजेटिभ देखिएको थियो। जुन ७.९ प्रतिशत हो। तथ्यांक अनुसार हेर्ने हो भने असोज लागेयता दैनिक संक्रमण दर एक अंकमा झरेको देखिन्छ। असोज १ गते १२.५ प्रतिशतमा संक्रमण देखिए पनि त्यसयता भने दैनिक ९ प्रतिशतभन्दा कममा संक्रमण देखिएको छ।
गत भदौको सुरू भएदेखि विस्तारै घट्न थालेको संक्रमण दर असोज पहिलो सातासम्म आइपुग्दा उल्लेख्य रूपमा सुधार भएको पाइएको हो। जबकि साउन तेस्रो सातादेखि भदौ पहिलो सातासम्मको १५ दिनको तथ्यांक हेर्दा कुल परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा संक्रमण देखिएको थियो। तर असोज पहिलो सातासम्म आइपुग्दा सो संख्या झरेर ९ प्रतिशतमा पुगेको छ। अर्थात् गत महिनाको तुलनामा संक्रमण दरमा झन्डै आधाले सुधार भएको छ।
संक्रमण दर मात्र हैन पछिल्लो साता अस्पतालमा भर्ना हुने गम्भीर अवस्थाका बिरामीको संख्यामा पनि कमी आएको छ। संक्रमितहरू भर्ना हुने क्रम घटेपछि अहिले काठमाडौं उपत्यकाका ठूला अस्पतालका आइसियू बेडहरू धमाधम खाली भइरहेका छन्। टिचिङ, टेकु, वीर, पाटन, सिभिल र एपिएफजस्ता कोरोना उपचार गरिरहेका ठूला अस्पतालमा अहिले आइसियूमा उपचाररत बिरामीको संख्या झन्डै आधा कम भएको छ। एक साताअघि यी अस्पतालमा १०७ जना संक्रमित आइसियूमा उपचाररत रहेकोमा यो साता जम्मा ७६ जना बिरामी आइसियूमा उपचाररत छन्।





प्रतिक्रिया दिनुहोस