संविधान दिवसको अवसर पारि तिन जना ज्यान हत्यारालाई बाँकी कैद मिनाहा
485 Views
रजनी तामाङ्ग,
ताप्लेजुङ , खोज मिडिया ३ असोज । आज देशभर संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाईदै । यही संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा ह*त्या*रा तीन कै*दीको सजाय मिनाहा गरिएको छ ।
पाथीभारा याङवरक गाउँपालिकाका वार्ड नं १ का हर्कबहादुर राई, फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार शेर्पाको अबको दिनहरुको बाँकी कैद मिनाहा गरिएको छ । तीनै जना कर्तब्य ज्यान मुद्दा (ह*त्या)मा कैद सजाय काटिरहेका थिए तर ५० प्रतिशत कैद भुक्तान गरेका तीनै जनाकाे बाँकी कैद मिनाहा गरिएकाे ताप्लेजुङ कारागार प्रमुख कुलेन्द्र खवासले बताएका हुन् ।
१० वर्ष कैद सजाय तोकिएका राईले पाँच वर्ष एक महिना, दुई वर्ष तोकिएका लिम्बु एक वर्ष आठ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौमहिना कैद भुक्तान गरेको खवासले बताएका छन ।





प्रतिक्रिया दिनुहोस