हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झाडपपरेपछि
377 Views
रजनि तामाङ्ग,
चितवन, खोज मिडिया २ असोज । पूर्वी चितवनको राप्ती स्थित शुक्रबार राति एक पुरुषको ह*त्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको ह*त्या भएको जनाएको छ ।
लामाको ह*त्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय घा*इते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिएका हुन् ।
घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने
शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी ह*त्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसिबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको एसपी अधिकारीले बताए । हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको अधिकारीको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस