चोरी भएको स्कुटर भोटियो, चोर भेटिएन
436 Views
दुधौली , खोज मिडिया २ असोज । खिरियानिबाट दिउसै चोरी भएको स्कुटर फेला परेको छम । दुधौली नगरपालिका ५ सिर्थौली अस्पताल जाने सडकमा सुजु म:म हाउस अगाडी रोकि राखेको अवस्थामा स्थानीयको सूचनाबाट स्कुटर फेला परेको हो ।
स्कुटर नचल्ने भए पछि होटल छेउको सडक मै बेवारिसे अवस्थामा छाडेर हिडेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन। चोरी भएको स्कुटर कमला नदिमा डुबाएर नचल्ने अवस्थामा भेटिएको प्रहरी चौकी दुधौलीका प्रहरी हवल्दार स्याम महतले जानकारी दिनु भएको छ। भेटिएका स्कुटर इलाका प्रहरी कार्यालय डकाहाले कागजी प्रक्रिया पुरागरी स्कुटर धनीलाई बुझाईसकेको इप्रका डकाहाले जनाएको छ।
स्कुटर चोरी भएको समाचार दुधौली साप्ताहिकको फेसबुक पेजमा प्रकाशन भए पछि स्थानीयले दिएको सूचनाको आधारमा फेला परेको हो। विशेष कामले रोकिराखेको ग ११ प ३७४७ नम्बरको स्कुटर दुधौलि नगरपालिका ११ बाट लभा हुँदै सिर्थौली लगेको हुन सक्ने प्रहरीको अनुमान छ। चोरी गर्ने ब्यक्तिको खोजी कार्य भईरहेको इप्रका डकाहाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस