असोज ४ गते देखि भेरिसिल खोप लगाईदै
476 Views
काठमाडौँ , खोज मिडिया २ असोज । काठमाडौंमा असोज ४ गते देखि भरोसेलको दोस्रो मात्रा खोप लगाइने जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठडमाडौं महानगरपालिकाका ३२ वटा वडाबाटै खोप लगाइनेछ । जसअन्तर्गत् चन्द्राागिरि नगरपालिकामा १५, कीर्तिपुर नगरपालकिामा १०, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा दिइनेछ ।
त्यस्तै , नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ। पहिलो मात्रा खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर ल्याएको आधारमा खोप दिइने जानकारी गराएकोछ ।





प्रतिक्रिया दिनुहोस