दशैँमा घर जानको लागि यातायातको व्यवस्था
714 Views
रजनि तामाङ्ग,
काठमाडौं, खोज मिडिया २ असोज । नेपालीहरूको महान चार्ड दसैं नजिकिँदै गर्दाको अवस्थामा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने निर्णय भएको छ । त्यसका लागि आउदो असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।
दसैंमा घर जानेहरूको भि*ड*भाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी भएकोछ । दशैको लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको हो ।
उक्त छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दशैँ मा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ असोज १० गते देखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताएका हुन्।





प्रतिक्रिया दिनुहोस