प्रहरीद्वारा युवा व्यवासायी युवराज खतिवडालाई किन राखिएत हिरासतमा
1149 Views
रजनि तामाङ्ग,
कास्की , खोज मिडिया १ असोज । युवराज खतिवडा एक युवा व्यवसायी हुन् । व्यवसायी संगै निर्मार्ण कार्यमा पनि व्यवासायीको रुपमा कार्य अगाडी बढाउदै आएको उनले बताएका छन ।
गत वर्षको कोरोना महामारीका कारण बेरोजगार भएका हजारौ युवा तथा गरिब ,बिपन्न , पिडित हरुलाई काम दिएर सहयोग गर्दै आएका युवा व्यवसायीका रुपमा आफुलाई चिनाउन सफल एक साहसी व्यवासायी युवराज खतिवडा एतीबेला विवादमा तानिएको छ । गत भदौ २४ गतेको साझा ९ बजेको समयमा उनलाई प्रहरीले हिरासतमा राखिएको थियो ।
हिरासतमा किन राखियो भन्ने कुरा खतिवडालाई आकल थिएन् तर उनि केहि समय कास्की प्रहरी कार्यलयमा हिरासतमा परेको थियो । त्यही विषयलाई लिएर उनले सामाजिक संजालमा आफुलाई गल्ति बिना प्रहरीद्वारा विवादमा तानिएको र कास्की प्रहरीले आफुलाई विभिन्न विषयलाई लिएर अनावस्यक दु:ख दिदै आएको गुनासो पोखाएका छन ।
युवा व्यवासायी युवराज खतिवडाको जस्ताको त्यस्तै भनाई :-
नमस्कार म युवराज खतिवडा । पछिल्लो समयमा मेरो बिसयमा बजारमा आएका विभिन्न बिसयाहरुको बारेमा प्रस्ट पार्न चाहान्छु।
म करिब एक दशक अगाडिदेखि पोखरामा ब्यबसाय गर्दै आएको छु। मेरा ब्यबसायहरु मध्ये एक निर्माण ब्यबसाय पनि हो। म निर्माण ब्यबसायी भएका कारण मैले विभिन्न निर्माण सम्बन्धि सामाग्रीहरु आफ्नै प्रयोजनका लागि संचालन गर्ने र भाडामा दिने गरेको छु। साथै मेरो कन्स्ट्रक्सन कम्पनिले विभिन्न स्थानमा निर्माण कार्यका क्रममा निकासी भएको माटो तथा ग्रावेल खरिद गरि बिक्रि बितरण गर्दै आएको छ। यसै सन्दर्भमा यहि भाद्र २४ गते मलाइ पोखराको खापौदिमा जमिन सम्याउनको लागि भनि डोजर(ब्याक लोडर ) भाडामा दिनु भनि फोन आयो। मैले डोजर(ब्याक लोडर ) पठाउन भन्दा आगाडि उक्त जमिनको अनुगमन गरे । त्यो जमिन फेवा तालको छेउ भएका कारण यो जग्गामा कतै बिबाद त छैन? भनेर उक्त जग्गा भाडामा लिने (दोश्रो पक्ष) दिपेश श्रेष्ठ र मनोज श्रेष्ठलाइ प्रश्न गरे ,उनीहरुले वाल लगाइसकेका छौ, सबै बैधानिक नै छ तपाइँले डोजर(ब्याक लोडर) पठाउनुहोश हामि लागेको भाडा दिन्छौ भनेपछि मैले डोजर पठाए। सोहि (२०७८/५/२४) गतेका दिन साझ करिब ६:३० बजेको समयमा शुरक्षा कर्मीहरु आएर भिडियो बनाइ मेरो डोजर नियन्त्रणमा लिनुभयो, काम रोकियो , त्यतिबेला उक्त ठाउमा म थिइन। अब साझको करिब ९;२४ बजे तिर दुइजना शुरक्षा कर्मीहरु मेरो घरमा आउनुभयो, म खाना खादै थिए। उहाहरुले सामान्य भेटघाटका लागि सर संग भेटन जान अनुरोध गर्नुभयो। मैले प्रहरीको अनुरोधलाई सहजै स्वीकारे र म जिल्ला प्रहरी कार्यालय गए। त्यो दिन मलाइ हिरासतमा राखियो तर किन राखियो भन्ने बिसयामा म अन्योलमा नै भए। भोलिपल्ट मात्र थाहा भयो मलाई अभद्र ब्यबहारमा मुद्धा चलाउने तयारि गरिएको रहेछ। प्रहरी साथीहरुले उक्त स्थानमा आफुहरु अनुगमनमा जादा मैले उहाहरुलाई अभद्र ब्यबहार गरेको भन्नुभएको रहेछ तर मलाइ उहाहरुले भेट्नुभएको नै छैन। यदि मैले अभद्र ब्यबहार नै गरेको भए त्यतिबेलानै त्यहि स्थानबाट मलाइ पक्राउ गर्नुपर्थ्यो। उहाहरु ९:२४ मा मेरो घरमा आउनुभएको, बस्नुभएको सी सी टी भी फुटेज म संग शुरक्षित छ । यो घटनामा मलाइ शुनियोजित हिसाबले फ़साइएको छ।
१. जग्गा धनि अरुनै कोहि, उक्त जग्गा भाडामा लिइ, संरचना बनाइ ब्यबसायिक लाभ लिने अरुनै कोहि, म मात्र डोजर(ब्याक लोडर ) भाडामा पठाउने सामान्य
ब्यबसाई पक्राउ परे,
२. त्यो दिन (२०७८/५/२४) प्रहरी संग मेरो भेट नै भएको छैन मैले कसरि अभद्र ब्यबहार गरे ?,
३. मैले अभद्र ब्यबहार गरेको भए सोहि समयमा नै सोहि ठाउबाटै मालाई पक्राउ गर्नुपर्थ्यो, त्यसो किन भएन ?,
४. जग्गा धनि र उक्त जग्गा भाडामा लिनेहरुलाई किन सोधपुछ गरिदैन ?,
५. मलाइ प्रहरीले दिएको धटन बिबरण कागजमा मैले सार्बजनिक स्थान पुरेको र कामदारहरु परिचालान गरि सिमेन्ट ढुङ्गाको पर्खाल लगाएको भन्ने कुरा उल्लेख
गरिएको छ जुन कुरा सरासर झुट हो।,
६. मलाइ २०७८/५/२४ गते पक्राउ गरिएको हो तर प्रहरीले पक्राउ मितिनै एक महिना अगाडि सारी २०७८/४/२४ गते उल्लेख गरेको छ जुन कुरा पनि सरासर झुट
हो।
यस बिसयमा मेरा ईस्टमित्र शुभचिन्तक साथीभाई , ब्यबसाई मित्रहरु, मान्यजनहरु लगायत सम्पूर्ण नेपालि दाजुभाइ दिदि बहिनिहरुलाइ जानकारी गराउन यहीबाट जानकारी गराउन चाहान्छु । मैले गल्ति गरेको छैन। गल्ति गरेको पाइएमा सजाय भोग्न तयारनै छु तर निर्दोष व्यक्ति फस्नु भनेको अर्को बिडम्बनाको कुरा हो।
यो अदालतमा बिचाराधिन मुद्धालाइ कुनैपनि हिसाबले प्रभाबित पार्ने हेतुले गरेको होइन। मात्र मेरो बारेमा विभिन्न संचार माध्यम बाट बजारमा आएका हल्ला हरुको बिसयमा प्रस्ट पार्नकालागि भएको जानकारी गराउदछु ।





प्रतिक्रिया दिनुहोस