पाथिभारा धार्मिक तिर्थ स्थल आजबाट दर्शन गर्न खुल्ला
469 Views
ताप्लेजुङ्ग , खोज मिडिया १ असोज । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभाराको दर्शन आजदेखि खुला गरिएको छ । को रो ना भा इर स महा मा रीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभारा देवीको दर्शन गर्न खुला गरिएको छ ।
हाल को भि ड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभारा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभारा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभाराको दर्शन गर्ने गरेका जनाएका छन ।
समितिद्वारा जारी विज्ञप्ति अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएका छन । को भि डको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभारा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको जनाएका छन ।





प्रतिक्रिया दिनुहोस