चाडपर्वमा चिनी अभाव हुँदैन (विभाग)
947 Views
काठमाडौँ , खोज मिडिया १ असोज । दसैं-तिहार तथा छठपर्वका लागि चिनी पर्याप्त हुने देखिएको छ। भन्सार विभाग आएको आयातित चिनीको तथ्यांक हेर्दा चाडपर्वका लागि चिनी पर्याप्त हुने देखिएको हो। चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ लाख ६३ हजार किलो चिनी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
सो परिमाणको चिनी छिमेकी मुलुक भारतबाट आएको हो। चाडपर्वलाई चिनीको समस्या नभएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए। सार्वजनिक संस्थान साल्ट ट्रेडिङमा चिनीको मौज्दात घटेकाले चिनीको अभाव हुने हो कि भन्ने शंका गरिएको थियो। “व्यापारीहरूले भन्सारबाट चिनी आयात गरिरहेका छन्, चिनीको समस्या छैन।” उनले भने! मूल्य स्थिर राख्न संयुक्त अनुगमन गर्छौं।
चाडवाडमा वाणिज्य तथा आपूर्ति विभाग, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका लगायतका निकायले संयुक्त अनुगमन गर्दै आएका छन्। चिनी पर्याप्त भएकाले उपभोक्तालाई अनावश्यक चिनी घरमा थुपारेर नराख्न सचिव भट्टराईको सुझाव छ। चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल पनि नजिकिँदो चाडपर्वमा चिनी प्रशस्त पुग्ने बताउँछन्। (हामीसँग कारखानामा चिनी मौज्दात त छैन। तर व्यापारीहरूसँग केही मौज्दात छ। आयात पनि भइरहेको छ।) उनले भने !
उद्योग र उपभोक्ताको दुवै गरी वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ। त्यसमध्ये १ लाख ३० हजार मेट्रिक टन चिनी स्वदेशी उद्योगले उत्पादन गर्दै आएका छन्। पछिल्लो समय भने उखुको उत्पादन घटेको संघका अध्यक्ष अग्रवाल बताउँछन्। जसले गर्दा बजार आयातित चिनीमा पनि भर पर्नु परेको छ।
(केही उद्योगीले किसानको उखुको पैसा तिरेनन्, अहिले उखु उत्पादन घट्दै गएको छ।) उनले भने।
व्यापारीहरूले तीन महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिएका हुन् । आज (शुक्रबार) देखि चाडवाड लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी) को सहकार्यमा सहुलियत पसल सञ्चालनमा आएको छ। बजारमा चिनी प्रतिकिलो ८५ देखि ९० रूपैयाँ किलो छ भने साल्ट ट्रेडिङले सहुलियत पसलमा प्रतिकिलो ७९ रूपैयाँले बिक्री गरिरहेको छ। खुद्रा बजारमा चिनीको मूल्य ९० रुपैयाँभन्दा माथि नजाने व्यवसायीहरूले बताएका छन्।





प्रतिक्रिया दिनुहोस