नागरिक बडापत्रबाट बेखबर सेवाग्राही
888 Views
स्याङ्जा, खोज मिडिया १ असोज । स्याङ्गजा वालिङ नगरपालिका कार्यालयको मुल गेट नपुग्नु भन्दा अगाडी पट्टि नागरिक बडापत्र राखिएको छ । सानो अक्षरमा लेखिएको बडापत्रमा २४ ओटा सेवा प्रवाह हुने उल्लेख गरिएको छ तर, नगरपालिकाबाट सेवा लिने नागरिकले त्यो बडापत्रमा आँखा नै लगाउदैनन् । नगरपालिका भित्र प्रवेश गरेपछि जुन शाखाबाट काम लिनुपर्ने हो सिधै सोही शाखामा पुगेर सेवा लिने गरेको सेवाग्राहीहरु बताउछन् ।
हरेक सरकारी कार्यालयको सुचाङ्क नागरिक बडापत्र भएपनि न सेवाग्राहीले त्यस तर्फ ध्यान दिन्छन् न कर्मचारीले नै । यसको प्रयोगलाई चासो नदिदा सेवाग्राही र कर्मचारी विचको सेवामा कठिन समस्या उत्पन्न भएको देखिन्छ ।
कागतजात नमिलाउदा धेरै सेवाग्राहीको काम एकै दिन नहुने मुख्य कारण नागरिक बडापत्रमा उल्लेख गरिएका प्रतिवद्धतालाई प्रयोगमा ल्याउन नसक्नु पनि हो भन्ने जनईन्छ । सार्वजनिक सेवा बडापत्रको उद्देश्य भनेको नागरिकलाई सेवाबारे सूचित गराउनु, सेवा–प्रदायक निकायको जिम्मेवारी र दायित्व सिर्जना गर्नु, तथा सेवा–प्रवाहमा छिटो र सहजता कायम गर्नु हो ।
हरेक सार्वजनिक निकायले नागरिक बडापत्र औपचारीकता निभाउन मात्रै राखिएको तर्क दिन्छन् वालिङ ८ का हुमनाथ अर्याल । अहिले सम्म बडापत्र पढेर सेवा लिने नागरिकको बानी नरहेको अर्यालले बताए । कतिपय नागरिक बडापत्रमा उल्लेख नगरिएका सिफारीसहरु हुने गरेको अर्यालको अनुभब छ । नगरपालिकाबाट सेवा लिदा कहिल्यै बडापत्र हेर्न नपरेपनि सामाजिक अगुवा रहेका अर्यालले बडापत्रलाई सेवाग्राहीको पहुँचमा पुर्याउनु पर्ने बताएका छन ।
बडापत्रमा सार्वजनिक निकायले दिने सेवा, लाग्ने दस्तुर, प्रक्रिया र समय लगायतका सेवाहरु तोकिएको हुन्छ । सेवाग्राहीले जुनसुकै कार्यालयबाट सेवा लिनुपुर्व यसको अध्ययनमा चासो दिने हो भने अरुको सहारा लिनुपर्ने आवश्यकता पर्दैन । यसको महत्वका बिषयमा नागरिकलाई सचेत बनाउनु सबै सार्वजनिक निकायको आवश्यक देखिन्छ । सार्वजनिक सेवा बडापत्रको अवधारणाबारे सुशासन ऐन २०६४ ले समेत स्पष्ट उल्लेख गरेपनि कार्यन्वयनको खाँचो छ ।
सार्वजनिक सेवा बडापत्रको उद्देश्य भनेको नागरिकलाई सेवाबारे सुसूचित गराउनु, सेवा–प्रदायक निकायको जिम्मेवारी र दायित्व सिर्जना गर्नु, तथा सेवा–प्रवाहमा छिटो र सहजता कायम गर्नु हो । नगरपालिकाले बडापत्रमा उल्लेख गरिएको भन्दा अगाडी रहेर सेवा प्रवाह गरेको दावी वालिङ नगरपालिकाका सुचना अधिकारी बावुराम सापकोटाको रहेको छ ।
सबैले नागरिक बडापत्र अध्ययन गर्दैन् भन्ने होइन सुचना अधिकारी सापकोटाले भने,(चासो राख्ने सेवाग्राहीले अध्ययन गरेका छन् भने कतिपयले नहेरेका हुनसक्छन् ।) मुलभुत बिषय सेवाग्राहीलाई छिटो सेवा प्रवाह गर्नु हो त्यो नगरपालिकाबाट भएको छ । अहिले सम्म कुनै नागरिकको समयमै काम नभएको गुनासो आफुकहाँ नआएको सापकोटाको भनाई छ ।
नागरिक बडापत्रको चासोमा कम ध्यान दिने तथ्याङ्क शेयरकाष्ट इनिशियटिभ नेपालले गरेको मत सर्वेक्षणबाट पनि देखिएको छ । गोप्य रुपमा शेयरकाष्टले गरेको मत सर्वेक्षणमा वालिङ नगरपालिकामा ६ प्रतिशत सेवाग्राहीले मात्रै नागरिक बडापत्रबाट नगरपालिकाको सेवा थाहा पाउने उल्लेख छ ।
जसले गर्दा कार्यालयको पारदर्शिताको सुचाङ्कको रुपमा रहेको नागरिक बडापत्र बारे पनि प्रश्न उठ्न थालेको छ । कतिपय कार्यालयले त नागरिक बडापत्र समेत राखेका छैनन् । यसको अनुगमन गर्ने निकायको चासो नहुदा पनि बडापत्रको महत्व स्थानीयमा पर्ने गरेको पाइन्छ ।
सबै सार्वजनिक निकायले आफुले प्रदान गर्ने सेवासुविधा सेवाग्राहीले देख्नेगरी लिखित रुपमा राखिएको प्रतिवद्धता नै नागरिक वडापत्र हो । बडापत्रमा उल्लेख गरिएका प्रतिवद्धता अनुसार कर्मचारीले सेवा नदिएमा क्षतीपुर्ति भराउने सम्मको कानुनी व्यवस्था छ तर, यस बिषयमा अधिकांश सेवाग्राही बेखबर छन् । बडापत्र हेर्नुपर्छ भन्ने अहिले सम्म जानकारी नै नपाएको अर्का वालिङ १० का लोकबहादुर मल्ल बताउछन् ।
उनी गह्रौकालिका टोल विकास संस्थाका अध्यक्ष हुन् भने टोलमा हुने वडा र नगरस्तरीय योजनामा टोलवासीले उनैलाई अगाडी सार्ने गर्छन् । मल्लले पनि अहिले सम्म भएका योजनाहरु नागरिक बडापत्र अध्ययन नै नगरी फछ्यौट गरेका छन् । यस बिषयमा अहिले सम्म जानकारी नै छैन उनले भने!”हरेक योजनाको काम सम्पन्न भएपछि वडा सचिवको समन्वयमा फछ्यौट गरिएको छ ।” वडा सचिवले सिकाए अनुसार काम भएकाले त्यो बडापत्रमा ध्यान दिइएन उनले भने । यसको राम्रो सगँ अध्ययन र चासो नदिदा सबै भन्दा बढी झण्झट प्राविधिक शाखाबाट सेवाग्राहीले पाउने गरेका छन् ।





प्रतिक्रिया दिनुहोस