अर्काकाे नाममा परिक्षा दिने पक्राउ
470 Views
पर्सा, खाेज मिडिया ३१ भदौ । पर्सागढी नगरपालिका-८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने संदिप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिईरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस