तालिवानद्वारा २० सर्वसाधरणको हत्या
920 Views
पन्जशिर, खोज मिडिया २९ भदौ । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले २० सर्वसाधारणको ह त्या गरेको खुलिएको छ ।
सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको ह त्या गरेको हो । हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ । त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि ह त्या गरेका छन् ।
युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले ह त्या गरेका हुन् । तालिवानले उनीमाथि वि द्रो हीलाई सहयोग गरेको आरोप लगाएको छ । गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो । युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस