राहत अभियन्ता चौधरीद्धारा लहान १९ का गरिव विपन्नलाई राहत वितरण
790 Views
शम्भु चौधरी लहान सिरहा , २६ भदौ। सिरहाको लहान नगरपालिका–१९ नौडेगाका फरक शारीरक क्षमता अशक्त भएका ३० घरधुरीलाई आज एक कार्यक्रम बिच राहत अभियन्ता महेश चौधरीले १० किलोका दरले चामल, खाने तेल र नुन राहत सामग्री वितरण गरेका छन् ।
उनको श्रीमती स्वर्गिय संगतिा कर्माचार्यको सम्झनामा संगिता कर्माचार्य प्रतिष्ठान लहान ७ को सहयोगमा सो राहत वितरण गरिएको हो । समाजसेवी चौधरीले लहान नगरपालकिा लगायत सिरहाको अन्य ठाउँहरुमा पनि अहिले सम्म ४ हजार जति घरधुरीलाई राहत वितरण गरसिकेका छन् ।
राहत सामाग्री वितरण कार्यक्रममा बोल्दै समाजसेवि चौधरीले भने हामी कुनै पार्टी विशेषबाट राहत वितरण गरेको होईन एउटा मानताको नाताले दिन दुखि असहाय अशत्तलाई केहि दिनको लागी राहत होस भनेर यो कार्य गरेको बताए ।
आफ्नो निजी लगानीबाट ७०÷८० लाख हाराहारीको खर्च गरि सकेका छन् भने, साथीभाइको सहयोगमा भने एक करोड भन्दा माथी नै राहतमा खर्च गरि सकेका समाजसेवी चौधरीले बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा सिरहाका सभापति मनोज बनैता यादवले भने महेश चौधरी अहिले मात्र नभई कोरोना कालमा पनि राहत वितरण कार्यमा लागी रहेका थिए जसमा कारण वहाँ आफना जिवन साथी श्रमिती संगिता कर्मचार्य र अति मिल्ने दिपेन्द्र सिंह जस्ता साथी गुमाएकोमा सहानुभुति जताएका थिए ।
महेश चौधरीको समाजसेवा देखेर लहान नगरपालकिामा उनलाई भावी नगर प्रमुखको रुपमा हेर्न थालिएको छ । नेपाली काँग्रेस पार्टीसंग आवद्ध रहेका चौधरीले आफुलाई विश्वास गरेर पार्टीले स्थानीय तहको चुनावमा टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस