संसाद भवनमा “रेस्लिङ्ग खेल”
962 Views
काठमाडौँ , खोज मिडिया २६ भदौ । संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन् । विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन । विहीबार संसदमा देखिएको तनावले नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर छ भन्ने प्रश्न फेरि एकचोटि सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फबाट जोरजबर्जस्ती गर्ने सिलसिला भदौ २१ गते शुरु भएर बिहीबार पनि जारी रह्यो । प्रतिपक्षी दल एमालेका केही सांसदले पहिलो दिन रोष्टममा चढ्नका लागि मर्यादापालकलाई ठेलठाल गरेका थिए तर, शुक्रबार एमाले सांसदहरु बच्चा जसरी मर्यादापालकको काँधमाथि चढेको दृश्य संसदमा देखियो ।
सांसदहरुले शुक्रबार प्रतिनिधि सभा बैठकमा जुन प्रकारको शैली अपनाए, यो नौलो दृश्यचाहिँ होइन । विगतमा पनि नेपालको संसदमा यस्ता धेरै घ ट ना भइसकेका छन् । नेपालको संसदीय इतिहासमा भएका यस्ता केही दृष्टान्त हेरौं ।– २०४९ सालमा आफूमाथि अभद्र व्यवहार गरेको भनेर नेपाली कांग्रेसका तत्कालीन सांसद रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चे सार्कीले थप्पड हानेका थिए । जतिबेला पौडेल स्थानीय विकासमन्त्रीसमेत थिए ।
–२०५६ सालमा एमालेको वि रो धका बीच तत्कालीन सभामुख रामचन्द्र पौडेलले स्थानीय शासन स्वायत्त ऐन पारित भएको घोषणा गरेपछि झ ड पको स्थिति आयो । तत्कालीन एमाले सांसदहरुले सभामुखको रोष्टम घेरे । –२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आ क्र मण गरेकी थिइन् ।
२०६७ मंसिर ३ गते तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधि सभाको बैठकमा बजेट प्रस्तुत गर्न जाँदा माओवादी केन्द्रका सांसदहरुले संसद अ व रुद्ध गर्दै उनको हातबाट बजेट ब्रिफकेस खोसेर बजेट वक्तब्य च्यातिदिए । भिडन्तको अवस्था आउने भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङले संसद बैठक स्थगित गरिदिएका थिए । दुई पक्षीय घम्साघम्सीमा केही सांसदहरुको लुगासमेत च्यातिएको थियो । त्यसको भोलिपल्ट अध्यादेश मार्फत बजेट ल्याइएको थियो ।
–आर्थिक वर्ष २०६८/०६९ का लागि तत्कालीन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रतिनिधि सभाको बैठकमा सहजरुपमा बजेट पेश गर्न पाएनन् । मधेस केन्द्रित दलहरुले लगातार संसद बैठकमा अवरोध सिर्जना गरेका थिए ।दोश्रो संविधान सभाको बैठकमा दुईवटा कुर्सी तोडफोड गरेपछि तत्कालीन सांसद सञ्जयकुमार साह निलम्बनमा परेका थिए भने संवैधानिक समितिको बैठकमा पूर्वसांसद विश्वेन्द्र पाशवानले आफ्नै शरीरको कपडा च्यात्न खोज्दै भिडन्त गर्न सुरिएका थिए । २०७३ मंसिरमा एमालेले संविधान संशोधन विधेयक राष्ट्र*घा*ती भएको भन्दै संसद अवरुद्ध गरेको थियो । २०७६ जेठमा गुठी विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको थियो ।





प्रतिक्रिया दिनुहोस