त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल बुटिकले आकर्षक बन्दै
832 Views
काठमाडौँ , खोज मिडिया २५ भदौ । बाहिरबाट नेपाल अवतरण गरिएका जहाजबाट ओर्लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउने क्रममा आगमन कक्षको प्रवेशद्वारमा ठूलो सुनौलो अक्षर मा (वेलकम टू नेपाल) लेखिएको देख्न सकिन्छ । पछिल्लो समय त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल दिनानुदिन स्वोरुप बदल्दै गएको देखिन्छ ।
त्यसैगरि दायाँबायाँ दुवै भित्तामा परम्परागत कला-संस्कृति झल्किने तस्बिर राखिएको छ यसले अझै सुन्दर देखिएको छ । भित्र छिरेपछि गौतम बुद्धको प्रतिकले अझै आकर्षित गर्दछ ।
वरपर कलात्मक आँखी झ्यालहरू, नेपालको मौलिक संस्कृति र आधुनिकता झल्काउने र सर्वोच्च शिखर सगरमाथादेखि विविध संस्कृति सम्पदाको तस्बिरले यात्रुको ध्यान आकर्षक बनाउदछ ।
यसैगरी गमलामा सजाइएका फूलहरुले थप मोहित बनाएका छन । विदेशबाट आएकाहरूलाई नेपालको समग्र संस्कृति परम्परा झल्को दिने गरी विमानस्थललाई बुटिक बनाउँदै लगिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताएका छन ।
(हामीसँग तीनवटा प्याकेज थिए । त्यसमध्ये दुइटा प्याकेजको काम सकिएको छ। तेस्रो प्याकेजको काम भइरहेको छ । ) उनले भने। महाप्रबन्धक तिवारीका अनुसार पहिलो प्याकेजमा आन्तरिकतर्फ विमानस्थल (रिनोभेसन) गर्नुपर्ने थियो । जसअन्तर्गत फ्लोरिङ तथा सिलिङ बुटिक बनाउने काम सकिएको छ ।
दोस्रो प्याकेजअन्तर्गत अन्तर्राष्ट्रियतर्फको आगमन कक्षलाई बुटिक बनाउने काम पनि सकियो । तेस्रो प्याकेजअन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनल भवनको विस्तारसहित भवन बाहिर छानो (क्यानोपी) राख्ने काम पनि करिब अन्तिम चरणमा पुगेको उनले बताएका हुन् ।
आगामी कात्तिकभित्र तेस्रो प्याकेजको काम पनि सकिने महाप्रबन्धक तिवारीको भनाइ छ। तर तेस्रो प्याकेज सकिनेबित्तिकै बुटिक बनाउने कामले पूर्णता भने नपाउने उनी बताउँछन्। (यी प्याकेजमा सबै कुरा समेटिएका छैनन् ।) उनले भने ! (जुन बुटिक हामीले खोजेका हौं । त्यसका लागि अझै थुप्रै काम गर्न बाँकी छ।) पुरानो योजना सकिएपछि साजसज्जासँगै पूर्वाधार थपिने उल्लेख गरिएको छ। (विमानस्थलको चेकिङ र अराइभल क्षेत्र पनि हामी विस्तार गर्दैछौं। विस्तारपछि खुला हुन्छ। जसले यात्रु आवागमन सहज हुन्छ ) उनले भने !
अहिले यहाँ झोलाहरू लिने ठाउँ साँघुरो छ । यसलाई पनि फराकिलो बनाइने उनले बताएका छन । त्यस्तै विमानस्थल परिसरमा रहेका पसललाई पनि बुटिकका रूपमा निर्माण गरिनेछ। अन्तर्राष्ट्रिय टर्मिनल अगाडि रहेको वाटर फाउन्टेन पानीको फो*हरा क्षेत्रलाई पनि बुटिक बनाउने योजना रहेको उनको भनाइ छ। यसमा परम्परागत शैलीका ढुंगेधारा/ आकर्षक वाटर फाउन्टेन/ फूल-बिरूवा लगायत रहने छ । तिवारीले भने!
विमानस्थलले नयाँ प्याकेजका लागि बजेट प्रस्ताव गरेको छ तर राजनीतिक अस्थिरताका कारण लामो समयदेखि प्रक्रिया अगाडि बढ्न सकेको छैन। बजेट स्वीकृत भएर आएपछि टेन्डर प्रक्रियामा जाने र नयाँ प्याकेजमार्फत विमानस्थललाई थप आकर्षक स्वरूप दिने उनले बताएका हुन् ।





प्रतिक्रिया दिनुहोस