रामेछाप जिल्लाको ६४ ओटै वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न
1189 Views
रोमन लामा
रामेछाप २४ भाद्र खोज मिडिया। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रामेछाप जिल्लाको ६४ ओटै वडामा वडा अधिवेशन सम्पन्न भएको हो । बुधवार नै ६२ वडामाका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएका थिए ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं –२ दिमीपोखरी र दोरम्बा गाउँपालिका वडा नं –२ दोरम्बामा भने सहमति जुटन नसेकोले त्यहाँ मतदान प्रक्रिया मार्फत नेतृत्व चयन भएको छ । मन्थली नगरपालिका वडा नं –१३ मा भने आज सहमति भएको कारण निर्वाचन गर्नु नपरेको निर्वाचन अधिकृत विष्णु लुइँटेलले जानकारी दिए । अधिकृत लुइँटेलको अनुसार रामेछाप जिल्लाको ६४ ओटै वडामा गरी ११ हजार २ सय ५ जना क्रियाशिल सदस्यहरु सहभागी भएका थिए ।





प्रतिक्रिया दिनुहोस