एम्बुलेन्स र मोटरसाइकल ठाेक्किदा ४ जना घाइते
381 Views
तनहुँ , खोज मिडिया २० भदौ । पृथ्वी राजमार्गको तनहुँ खण्डमा शनिवार एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।
तनहुँको व्यास नगरपालिका १० कमलबारीस्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश २-०४-००१ प ०१४८ नंको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ग १ झ ४५८ नंको एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका १० बस्ने ३९ वर्षीय रबिन कोईराला, एम्बुलेन्समा सवार स्याङजाको बिरुवा गाउँपालिका ८ का २३ वर्षीय अनित कुमार बिक, बिरुवा ३ की ४० वर्षीया मिठु कुमारी कामी, बिरुवा ४ की वर्षीया ८१ की जर्सी कुमारी कामी रहेका छन् । घाइतेहरुको अवस्था मध्यम रहेको र उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । घ ट नाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस