खोलाले बगाएर एक जना बेपत्ता
399 Views
म्याक्दी , खोज मिडिया २० भदौ । खोला तर्ने क्रममा बगाएर म्याग्दीमा अन्दाजी ५० वर्षीय एक पुरुष शनिवार दिउसो बेपत्ता भएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग स्थित तिप्ल्यङबाट बेनीतर्फ पैदल आँउदै गरेका नाम, थर र वतन नखुलेका पुरुष खोला तर्ने क्रममा बगाएर बे प त्ता भएका हुन् ।
बेग खोला तर्ने क्रममा खोलाले बगाएको भन्ने खबर पाएपछि सो स्थानमा प्रहरी टोली खटिगई खोजतलास तथा घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस