बुबाको मृत्युपछि स्वास्थ्यकर्मीकाे सपना तुहियाे स्वस्तिकाको
370 Views
दैलेख, खोज मिडिया २० भदौ । दैलेख दुल्लू नगरपालिका वार्ड नं:३ की १९ वर्षीया स्वस्तिका महत यतिवेला सामाजिक सञ्जाल र विभिन्न मिडियामा चर्चामा छिन् । गएको शुक्रबार सम्पन्न नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट सर्वसहमतिमा वडा सभापति पदमा निर्वाचित भएपछि महतको चर्चा चुलिएको हो ।
स्वस्तिका १० जना प्रतिस्पर्धीलाई सहमतिमा ल्याएर सभापति बनेकी हुन् । उनीसँग सभापतिका लागि प्रतिस्पर्धा गरेका अधिकाँश व्याक्ति ४० बर्षका माथिका र कोही बृद्ध समेत थिए । ११ वटा स्थानीय तह रहेको जिल्लामा ९० वटा वडा छन् । ९० वडाबाट महत एक्ली कान्छी सभापति हुन् । ‘स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने सोच थियो । त्यही अनुसार नेपालगञ्जको टेक्निकल एचए पढेँ । गाउँमा आएको बेला सोच बदलियो । राजनितितिर लागेँ ।) महतले भनिन् ।
स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने भनेर स्वास्थ्यकर्मी बन्ने सपना बोकेकी स्वस्तिकालाई बुबाको मृत्यु पनि राजनितीमा जोडिने कारण बन्यो । ‘म राजनीतिक वातावरणमै हुकिँए । बुुवाको राजनिति गरेर समाज सेवा गर्ने उद्देश्य थियो । म स्वास्थ्यकर्मी बन्ने योजनामा थिएँ तर म पढदै गर्दा बुबाको मृत्यु भयो ।’ उनले भनिन् (बुबालाई जनताले दिएको कामको जिम्मा अधुरै रह्यो त्यही काम पुरा गर्न स्वास्थ्यकर्मीको बाटो छोडेर राजनितितिर आएँ ।) उनका बुबा भूपेन्द्रजंग महत कांग्रेस दैलेखको उपसभापति थिए । दुई वर्षअघि उनको मृत्यु भएको थियो ।
(बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो,) वडा सभापतिमा विजयी भएपछि स्वस्तिकाले भनिन्, ‘बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिए ।’ स्वस्तिकाले पछिल्लो दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन । ‘सबैको मूल नीति राजनीति हो भन्ने बुझ्न पाएँ । राजनीतिमार्फत समाज रुपान्तरण गर्नका लागि समाज र देशको सेवा गर्ने निर्णय उभिए ।’ उनको भनाई थियो । अब यही कर्मबाट विपन्न महिला दलित बालबालिका र दिनदुःखीहरुका घाउमा मलम लगाउने उनको योजना छ ।
स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यतिनै जिम्मेवारी थपिएको महसुस गरेकी छिन् । ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ । यो विश्वास र भरोषालाई ढल्न दिने छैन । दिन–रात वडाबासीकै काममा खटिनेछु ।’ पार्टी राजनीतिसँगै पढाईलाई पनि निरन्तरता दिने बताइन् । राजनीति उत्कृष्ट समाज सेवा हो भन्ने लाग्छ उनलाई । समाज सेवासँगै आफ्नो पढाईलाई पनि निरन्तरता दिने योजना बनाएकी महतले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताइन् । ‘अब स्थानीय तहमा पार्टीलाई मजबूत बनाउने विषयमा केन्द्रित हुन्छु ।’उनले भनिन् ‘राजनीतिप्रति युवा पुस्तामा राजनितीप्रति वितृष्णा भएको बुझेकी महत कांग्रेसलाई युवा पुस्ताको आकर्षकको पार्टी बनाउन गाउँ तहदेखिनै सक्रिय हुने बताउछिन् । ‘मेरो वडा, पालिका र जिल्लामा युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्नका लागि सक्दो भूमिका खेल्छु ।’ उनले भनिन् ।
उनको वडामा कांग्रेसका १३३ जना क्रियाशील सदस्य छन् । उनको टीममा अधिकांस युवा पुस्ता छन् । ३६ वर्षका भरम साउँद उपसभापति निर्वाचित भएका छन् भने २८ वर्षका लोकेन्द्र महत सचिव निर्वाचित भएका छन् । त्यसैगरि दुल्लू नगरपालिका–५ का सरोज रिजाल पनि वडा सभापतिमा निर्वाचित भएका छन्। ३१ वर्षीय सरोज विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका हुन्। ‘राजनीतिमार्फत समाज परिवर्तन गर्ने उद्देश्य मेरो हो,’ उनले भने, ‘त्यसैले पेशा–व्यवसाय छोडेर सक्रिय राजनीतिमा होमिएको हुँ।’ अहिलेको समाजमा युवा भन्ने वित्तिकै ‘उच्छृङ्खल’ र ‘उदण्ड’ को आरोप लाग्ने गरेको छ। उनी युवाहरु समाज परिवर्तनका संवाहक हुन् भन्ने उदाहरण पेश गर्न चाहन्छन्। (समाज परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ,) उनले भने! ‘अग्रजहरुको अनुभवलाई समेट्दै सभ्य र समुन्नत समाज निर्माणका लागि आफ्नो क्षेत्रबाट योगदान दिन्छु।’
राजनितिमा युवाहरुको आर्कषणले गर्दा काँग्रेसमा बृद्धहरुको पार्टी भनेर खिसी टिउरी गर्नेहरुको मुख बन्द गरिएको नेपाली काँग्रेस पार्टी सहसचिव रत्नबहादुर शाहीले बताए । उनले भने,यो अबिधेशनबाट काँग्रेसप्रति युवाको मोह बढेको छ । यस अधिवेशनले त झन बृद्धहरुको पार्टी भन्नेहरुलाई वडा सभापतिमा युवाहरुको बर्चश्वले झापड नै लगाई दिएको छ । राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको सञ्चार गरेको छ। दुल्लू नगरपालिका–१० बाट ३१ वर्षीय दीपेन्द्र पुरी कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका छन्। २०६१ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य रहेका उनले यसै वर्ष पार्टीको क्रियाशिल सदस्यता प्राप्त गरेका थिए। उनको ध्यान अव हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी अघि बढाउने भन्नेमा छ। (सभापतिको प्रतिष्पर्धामा मेरा अग्रज पनि हुनुहुन्थ्यो, पार्टीलाई वडामा मजबुत बनाउनका लागि मेरो नाममा सर्वसम्मत निर्णय भयो ।) उनले भने, ! यो विश्वास र भरोसालाई आगामी चुनावमा परिणामसहित देखाउने चुनौति मेरा सामुन्ने आएकाे छ ।





प्रतिक्रिया दिनुहोस