मिस तामाङ सफलता थिङद्वारा शैक्षिक सामाग्री बितरण तथा शैक्षिक परामर्श
469 Views
काठमाडौ, भदौ १८, खोज मिडिया । शन्करपुर नगरपालिका, कात्तिके भन्ज्याङ स्थित शिलादेबि आधारभुत बिधालयका बिद्यार्थीहरूलाई मिस तामाङ सफलता थिङ द्वारा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
हर्टबिट अर्गनाइजेसनको आयोजना तथा अन्तरास्ट्रिय तामाङ परिषदका सचिब रबिन लामा थिङको सहयोगमा उक्त बिधालयमा कार्यक्रम गरि बिद्यार्थीहरूलाई सामाग्री बितरण गरिएको हो । विभिन्न सामाजिक कार्यमा अग्रसर रहेकी मिस तामाङ सफलताले शैक्षिक सामाग्री बितरणको साथ साथै बिद्यार्थीहरूलाई अध्ययन गर्ने र सिक्ने बेलामा कसरी एकाग्र भै सिक्न र बुझ्न सकिन्छ भनी एक घन्टाको परामर्श कक्षा पनि सचालन गरेकी थिइन ।
शत प्रतिशत तामाङ समुदायका बाल बालिका अध्ययन गर्ने यस बिधालयमा हार्टबिट अर्गनाइजेसनका अध्यक्ष जुजुकाजी महर्जन र अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिब रबिन लामा थिङले बिद्यार्थीहरुलाई निरन्तर रूपमा शैक्षिक परामर्श तथा सामग्री सहयोग गर्दै आएका छन । अध्ययन गर्दा ध्यान दिनु पर्ने प्राबिधिक पक्षहरूलाई कसरी अपनाउने भनी मिस तामाङले बिद्यार्थीहरूलाई सिकाएकी थिइन ।





प्रतिक्रिया दिनुहोस