रौतहटको गौर भंसार प्रमुख शर्माका दादागिरीका कारण सर्वसाधारण आक्रोशित
967 Views
मेवालाल यादव ,
रौतहट, खोज मिडिया १८ भदौ । रौतहटको गौर भंसार कार्यालयका प्रमुख शुशिल शर्मा को गलत रवैयाका कारण शुक्रबार भंसार कार्यालय आगाडी तनाव भएको छ ।
शर्माको कार्यकालदेखि हाल सम्म सर्वसाधारणलाई दुःख दिने बाहेक राजस्व तर्फ ध्यान गएको देखिँदैन।शर्माले तस्कर संग अबैध रकम असुलीका लागि आफ्ना का. स बिशेश्वर यादवलाई परिचालन गरेका कुरा तस्करहरु बताउँछन् ।
भंसार अगाडि सरसामान चेक जाँच गर्ने का. स बिशेश्वरले दिनहुँ तस्कर संग ब्यापक अबैध रकम असुली गरी रहेको एक महिला तस्करको गुनासो रहेको छ। शुक्रबार दिउँसो गौर न पा को वडा नं ५ सबगढाका ३५ बर्षिय महिला नाम परिवर्तन सिताले भारतको बैरगनियाबाट घरायसी समान खरिद गरि घर फर्किने क्रममा भंसार स्थित चेकजाँच हुँदा चामल जान नदिएको भन्दै बिवादमा सशस्त्र प्रहरी द्वारा कुटपिट हुँदा सो महिला घाइते भएकी छीन ।
महिला घाइते हुँदा सर्वसाधारणले केही समय सम्मको बिवादमा आवतजावत ठप्प भएको थियो। भंसार प्रमुख शर्माको कार्यकालदेखि तस्करलाई छुट सर्वसाधारणलाई दुःख भएको स्थानीयहरुले बताउँछन् । किसानहरुले खानका लागि एक बोरा चामल ल्याउदा शर्माले सो चामल खोसी भंसार लाने तर तस्करले दिनहुँ रकम दिदै चामल पसल पसलमा दिरहेका छन्।
भारतको बैरगनियाबाट तस्करहरुले सुट/ कपडा धनियाँ/ चिनी/ लगायत अन्य समानहरु सेटिङबाट नेपाल भित्रयाईन्छ तर घर प्रयोजनका लागि ल्याउनेहरुले दुख पांउछ । भारतीय नम्बरको मालवाहक ट्रक नेपाल भित्रदा त्यसमा लोड भएका समानहरु गन्ती नगरी मनोपरी मिलोमतोमा भंसार काटी ट्रक नेपाल भित्रयाईन्छ । प्रमुख शर्माकै कारण राजस्वमा चुहावट भएको एक जना भंसार एजेन्टले जानकारी दिएका हुन ।





प्रतिक्रिया दिनुहोस