एकै घरको पांच जना परिवार पहिरोको कारण भयो एकै चिहानमा
373 Views
पर्वत ,खोज मिडिया १८ भदौ । पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको प*हि*रोमा परेर मृ*त्यु हुनेको संख्या १० जना पुग्यो ।
पहिरोमा परि एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको प हि रोमा परेर एकै परिवारका ५ जना सहित १० जनाको मृ*त्यु भएको हो ।
पर्वतको दुर्लुङ्गमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृ*त्यु भएको छ भने कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको प हि रोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृ*त्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।
कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा प हिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र ६ वर्षीय छोरा गणेशको पनि मृ*त्यु भएको छ । साथै, कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको प हि रोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृ*त्यु भएको छ । मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बे पत्ता भएकी छन् ।
साथै, पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । बिहीबारदेखि नै विद्युत् सेवा अ व रुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ । सञ्चार सम्पर्क बिच्छेद र निरन्तर बर्षाका कारण उद्दारमा कठिनाई भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले बताएकि छिन ।





प्रतिक्रिया दिनुहोस