चट्यङ्ग लागेर २४ वर्षीय युवकको मृत्यु
400 Views
तनहुँ, खोज मिडिया १८ भदौ । तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृ*त्यु भएको छ ।
आज (शुक्रबार) बिहान चट्याङ लागेर भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो ।
घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा उनको मृत्यु भएको जनाइएको छ ।
विकको श*व पोष्टमार्टमका लागी दमौली अस्पताल लगिएको छ ।





प्रतिक्रिया दिनुहोस