विभिन्न स्थानमा जमिन भासिएर भ्वाङ्ग पर्दा पोखरा उच्च जोखिममा, सतर्क रहन आह्वान
784 Views
कास्की , खोज मिडिया १८ भदौ । केहि दिनदेखि निरन्तर अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. ५ र १६ का विभिन्न स्थानमा जमिन भासिएको छ ।
केहि दिन देखि निरन्तर परेको वर्षाका कारण वडाका केही क्षेत्रमा भासिएको तथा पोखरा महानगरको वडा ५ र ८ लाई जोड्ने पुल भत्किएको वडाध्यक्ष धन बहादुर नेपालीले जानकारी दिएका छन ।
पुलको आधा भाग बगेको तथा अन्नपूर्ण मार्ग, ज्योति मार्ग धर्मस्थली, खोलेटो लगायतका स्थानमा भासिएको वडाध्यक्ष नेपालीले बताए । वर्षाका कारण उक्त क्षेत्रका दुई घर र सडक अघि भासिएको छ ।
पोखरा वडा नं. १६ का विभिन्न भागमा पनि जमिनमा भ्वाङ परेको छ । गत साता मात्रै महेन्द्रपुल र लेकसाइड, जरेबरमा भासिएको थियो भने विहीबार पनि नदिपुरमा भ्वाङ परेको हो ।





प्रतिक्रिया दिनुहोस