कास्की सहित प्रदेशमा शुक्रबार काेराेना संक्रमित कत्ति पुगे ?
472 Views
कास्की , खोज मिडिया १८ भदौ । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४७ जना पुरुष तथा ३८ जना महिला गरी ८५ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९७० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १५७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ । कास्कीका ८५ सहित म्याग्दीका ५ जना, पर्वतका २ जना, गाेरखाका ९ जना, लमजुङका १० जना, तनहुँका १० जना, बाग्लुङका २ जना, स्याङ्जाका २१ जना र नवलपुरका १३ जना गरी प्रदेशका ९ जिल्लामा गरी ८३ पुरुष तथा ७४ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा को रो ना संक्रमितको कुल संख्या ८२ हजार १४९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ९२३ पुगेको छ । गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृ*त्यु भएको छ । हालसम्म को रो ना संक्र मणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०६ पुगेको छ।





प्रतिक्रिया दिनुहोस