पांच दिनदेखि बन्द सडक बेनिजोम्सोम दुइतिरै खुल्यो
442 Views
म्याग्दी , खोज मिडिया १८ भदौ । मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ ।
निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठेमा खसेको पहिरो पन्छाएपछि हिजो बिहीबारदेखि सडक दुईतर्फी खुलेको हो ।
गएको आइतवारदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि हिजोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजना स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीको जेसिभी मेशिन मगाएर पहिरो पन्छाइएको थियो ।





प्रतिक्रिया दिनुहोस