पोखरामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध धनजनको क्षेति
493 Views
कास्की , खोज मिडिया १८ भदौ । केहि दिनदेखि परेको लगातार वर्षाका कारण पोखरा महानगरपालिका पुम्दी भुम्दी २२ स्थित सिद्धार्थ राजमार्गमा ठुलो प*हिरो गएको छ ।
गए राति १२ बजे पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ भने त्यस तर्फका सहायक बाटाहरू समेत अवरुद्ध भएका छन् । राजमार्ग माथिबाट खसेको पहिरोले सडक पुरिनुका साथै सडकको तल्लो भागमा रहेको बस्तीका खोरहरू र सहायक बाटाहरू समेत लछारेको पोखरा २२ का जनप्रतिनिधि वडा सदस्य मात्रिका बरालले जानकारी दिएका छन ।
बरालका अनुसार पहिरोका कारण राजमार्गमा दुबैतर्फ दुई सय मिटर सवारीसाधन जाममा परेका छन् भने सहायक बाटाहरू बन्द हुँदा स्थानीय कृषकको दूध, तरकारी तथा डेरीको दूध आपूर्तिमा समस्या उत्पन्न भएको छ । पहिरोका कारण स्थानीयले पालेका कुखुरा र बाख्राका खोरमा क्षति भएको र बिजुलीको मुख्य प्रसारण लाइनको पोल खस्दा बिद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको बरालले बताए ।
हाल उक्त क्षेत्रमा नेटवर्क समेत नटिपने समस्या भएकाले क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको बरालले बताईन ।अहिले राजमार्ग खुलाउन प्रयास भइरहेको जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस