रंगशालमा कोभिड पछि पुन : फर्किएको खुसी
552 Views
काठमाडौं, खोज मिडिया १८ भदौ । को*भिड–१९ का कारण केही समयदेखि नेपाली फुटबलका दर्शकले दशरथ रंगशालामा प्रवेश गर्न पाएका थिएनन् । बिहीबार नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा पनि दर्शकले प्रवेश पाउने विषय मंगलबारसम्म अन्योल थियो ।
अखिल नेपाल फुटबल संघले बुधबार दर्शकका लागि अनुमति लिएपछि मैत्रीपूर्ण फुटबल म्याच हेर्न केही हजार दर्शकले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला प्रवेश पाए । दर्शकले मास्क लगाएर नेपाली टिमको समर्थनमा हुटिङ गर्दा उत्साहित थिए । नेपाल फुटबल टिमले भारतसँग १–१ को बराबरी खेल्दै नेपाली दर्शकलाई निराश बनाएनन् । नेपालमा सर्वाधिक लोकप्रिय खेलका रूपमा रहेको फुबटल हेर्न दशरथ रंगशाला वरिपरि मानिसको बाक्लो उपस्थिति थियो । ५ हजार बढी दर्शक भिœयाउने भनिएपछि दुईपटक कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने प्रावधान राखिएका कारण दर्शकको संख्या सोचेजस्तो हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन ।
बिहीबारको खेलमा करिब २५ सय दर्शकको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपस्थितिले म्याचमा रौनक थपिदिएको थियो । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टिमले दर्शकको साथ पाएर राम्रो प्रदर्शन गर्दै भारतविरुद्ध पहिलो गोल गरेको अध्यक्ष शेर्पा बताउँछन् । आइतबार हुने अर्काे मैत्रीपूर्ण खेलमा दर्शकको उपस्थिति वृद्धि हुने अध्यक्ष शेर्पाले बताए । सन् २०१७ मा नेपाल भारतबीच मुम्बईमा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा नेपाललाई भारतले २–० ले हराएको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच सन् २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा भएको हो । त्यसैले पनि नेपाली दर्शक यो म्याच गुमाउन चाहँदैन थिए । नेपाल र भातरबीचको कुनै पनि खेलमा सबैको चासो हुने गर्छ ।
साफ च्याम्पियनपसिपको तयारीस्वरूप नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलअन्तर्गत बिहीबार पहिलो खेल भएको हो । यो म्याचका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय र सीसीएमसीले बुधबार मात्र अनुमति दिएको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । यो मैत्रीपूर्ण खेलसँगै नेपाली खेलकुद चलायमान हुने अमुमान गरिएको छ । (काठमाडौंमा नेपाल भारतबीचको प्रतियोगिताले नेपालको खेलकुदलाई पुनः सुचारु गर्ने विश्वास लिएका छौं,) शेर्पाले बताए ।
अर्काे मैत्रीपूर्ण खेल आइतबार हुनेछ । १५ देखि ३० असोजमा माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारीका रूपमा यो मैत्रीपूर्ण खेल भएको हो । साफको तयारीका लागि नेपाली टोली २५ भदौमा कतारको राजधानी दोहा जाने कार्यक्रमसमेत रहेको छ । यसपटकको साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले मात्र प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तान र भुटानले प्रतियोगितामा भाग नलिने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस