जसपाको थप दुई सांसदले रोजे लोसपा
550 Views
मेवालाल यादव ।
जनकपुरधाम, खोज मिडिया १८ भदौ । जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेको छन् ।
बिहीबार जसपाको प्रदेश नम्बर २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर लाेसपामा सनाखत गरेको हो ।
यससँगै लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् ।
यद्यपि दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस